अध्यक्षको भनाई

देश बिदेशमा छरिएर रहेका सम्पूर्ण सापकोटा बन्धुहरुबीच एक आपसमा भाई-भातृत्व, समझदारी, एकता बिकास भई आफ्नो गोत्रीय संस्कार, सामाजिक परिपाटी तथा परम्परा कायम होस् । जीवन भौतिक र आध्यात्मिकरुमपा सार्थक बनाउन कौडीन्य ऋषि र पूर्वजहरुको आशिर्वाद मिलोस भन्दै सम्पूर्ण सापकोटा बन्धुहरुको कल्याणको कामना गर्दछु ।

राजेन्द्र प्र. सापकोटा, अध्यक्ष

संस्थाको परिचय

२०५५ साल श्रावण २२ गते “सापकोटा कल्याण केन्द्र” दर्ता (द.न.०५।२०५५।५६) भयो । २०५७।०१।१८ गते देवघाट देवपुरमा जग्गा खरिद गरी “सापकोटा कल्याण केन्द्र कौडिन्य ऋषि आश्रम” स्थापना गर्ने निर्णय भयो । २०५७ असार २ गते चण्डी पूर्णिमाको दिनमा बाग्लुङ्गबाट ल्याइएको चितवन गौरीगन्जमा रहेका कुल देवताका प्रतिक शिला र दियोलाई देवघाट देवपुरको सालको फेदमा विधिवत् बाजागाजासहित स्थानान्तरण गरेर देवघाटमा कुलपुजाको थालनी गरियो । २०५८ र ०५९ मा मन्दिर निर्माण भयो ।

संस्थाको बारेमा बिस्तृतमा हेर्नुहोस्

संस्थाका नियमित पर्वहरु

  • हामीले नियमित रुपमा मनाउने गरेका यी पर्वहरुमा यहाँको उपस्थिति प्रार्थनीय छ ।

    साथै कुनै पनि श्रदालु भक्तजनले चौरासी पुजन, ब्रतबन्ध, रुद्री, श्राद्द कर्म, बिबाह, भण्डार एबम अन्य पाठपुजा आदि उत्सबहरु व्यक्तिगतरुपमा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

  • हरेक सोमबार बिहान ११ बजे
    भजन किर्तन
  • बैशाख शुक्लपक्ष
    चण्डी पुर्णिमा, कुलपूजा
  • जेठ शुक्लपक्ष
    गौडी पुर्णिमा
  • श्रावण अन्तिम सोमबार
    श्रावणी रुद्री र साधारण सभा
  • आश्विन शुक्ल पंचमी
    विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान
  • मार्ग शुक्ल पक्ष
    धान्य पुर्णिमा
  • माघेसंक्रान्ति
    देवघाट मेला
  • फाल्गुन शुक्ल दशमी
    संस्थाको वार्षिकोत्सव

हाम्रा कार्यक्रम तथा कौडिन्य ऋषि आश्रम देवघाटका तस्बिरहरु

सम्पर्क

Contact us for more information or donations.
सापकोटा कल्याण केन्द्र नेपाल
कौडिन्य ऋषि आश्रम,
देवघाटधाम, तनहूँ
फोनः ०५६-६९१५७६

सम्पर्क कार्यालय:
भरतपुर महानगरपालिका - १०
मालिका मन्दिर, हाकिम चोक, चितवन
फोन: ०५६- ६२१४३०
फ्याक्स: ०५६-५३०५३२
अध्यक्ष: ९८५५०६५३१४
इमेल : info@sapkotakalyankendra.org

फेसबुकमा फलो गर्नुहोस्

Follow Us on Facebook
संस्थाका कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको ताजा जानकारी हाम्रो फेसबुक पेज मार्फत जानकारी गर्ने गरि व्यवस्था गरिएको हुनाले सम्पूर्ण सापकोटा बन्धुहरुलाई हामीसंग फेसबुकमा जोडिन आग्रह गर्दछौं ।