वंशावलीको सारसंक्षेपः

  • अनन्तव्रत कथा तथा पञ्चतन्त्रका कथा लगायतका वैदिक साहित्य अनुसार कौडिन्यको जन्म यजुर्वेदकालमा नेपालको तनहुँमा भएको थियो । पछिल्लोपटक नैमिषारण्य क्षेत्रमा उनको आश्रम थियो
  • नैमिषारण्य क्षेत्र अहिले भारतको सीतापुर जिल्लामा पर्दछ जुन क्षेत्र विद्या बुद्धिको खानी मानिन्छ
  • पशुपालन युग शुरु भएपछि जुन ऋषिका गाई चराए त्यसकै आधारमा गोत्र पाएको भन्ने पाइयो
  • इसाको दोस्रो शताब्दीतिर डोटी र कुमाउँ अलग अलग राज्य थिए, त्यतिबेला देखिनै खस आर्यहरुको पश्चिम नेपालमा प्रभाव
  • इसाको छैटौँ/सातौँ शताब्दीतिर कान्यकुब्ज कन्नौडमा धार्मिक द्वन्द्वको प्रभाव
  • कौडिन्य वंशीय ब्राह्मणहरु उत्तरतर्फ पुनप्र्रवेश
  • यही क्रममा दुई भाइलाई दैलेख छाडी सच्चिदानन्द र सदानन्द भट्ट दाजुभाइको सिञ्जामा आगमन, राजा रणकेशरबाट आचार्य पदवी प्राप्त
  • सच्चिदानन्दका जेठा छोरा राम आचार्यका साहिँला छोरा नरहरिले अछामको सापिखोला विर्ता पाएर बसेकोले नरहरि सापकोटा नै आदि पुरुष भएको पुष्टि भएको छ

सापकोटा कल्याण केन्द्र देवघाटधाम तनहुँ नेपाल द्वारा प्रकाशित नेपाल भित्र र बिदेशमा छरियर रहेका सम्पूर्ण कौडिन्य गोत्रीय सापकोटा बन्धु-बांधबहरुको वंशावली २०७४ एउटा ऐतिहासिक दस्ताबेज हो । इतिहास र पूर्वजलाई बिर्सिएर गरिएका कुनै पनि कार्य दिगो र स्थिर हुदैनन् । वर्तमान समयको बिकाश र उन्नतिका लागि हाम्रा महान पूर्वज र अग्रज पुस्ताको निश्चित कालखण्ड आफैमा हौसला र प्रेरणाका बिशाल स्रोत हुन् । पूर्वजहरुलाई चिन्ने र छरिएर रहेका कौडिन्य गोत्रीय सापकोटा बन्धु-बांधबहरुको बंशवृक्ष पहिल्याउन यो वंशावली प्रकाशन गरिएको हो ।

सापकोटा तथा कौडिन्य गोत्रीय वंश परम्पराको यथार्थ जानकारी लिदैं आफ्नो ऐतिहासिक पृष्ठभूमि र अस्तित्वको चिनारी हासिल गर्न चाहने वर्तमान पुस्तालाई यस ग्रन्थले प्रेरणा प्रदान गर्ने हाम्रो बिश्वास छ ।

यस ग्रन्थ प्रकाशन हेतु लामो समयदेखि खोज र अनुसन्धान कार्यमा अहोरात्र खट्नु भएका सम्पूर्ण अन्वेषक, संलग्न संस्था तथा व्यक्तिगत रुपमा योगदान गर्ने बन्धु-बांधबहरु प्रति सापकोटा कल्याण केन्द्र आभारी छौं ।

संस्थाको २०६६।०२।२३ को निर्णयअनुसार टीकाराम सापकोटा, राजेन्द्र प्र. सापकोटा, प्रवेशकुमार सापकोटा, बुद्धिसागर सापकोटा, जगदीश सापकोटा रहेको वंशावली सङ्कलन तथा प्रकाशन समिति बनेको थियो । यो समितिले मुलुकभित्र र बाहिर रहेका कौडिन्य सापकोटा बन्धुहरुको हालसम्म सम्भव भएसम्मको विवरण सङ्कलन गरेको थियो । यो समितिलाई प्रकाशकीय काममा सहयोग पुर्याउन २०७३।०६।१४ को निर्णयअनुसार संयोजक रमाकान्त सापकोटा, सह–संयोजक डा. कविन्द्र सापकोटा, गोविन्द विनोदी, कृष्णप्रसाद सापकोटा, खड्कप्रसाद सापकोटा रहेको वंशावली सम्पादन समिति गठन भएको थियो । संस्थाको उद्देश्य, निर्णय र योजनाअनुसार पहिलो पटक केन्द्रीय तहबाट वंशावली प्रकाशन भएको हो ।

गोत्र भन्नाले, आदि पुरुष, वंश सञ्चालक व्यक्ति, खलक, कुल, सन्तान भन्ने बुझिन्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरूवात गरेको देखिन्छ । संस्कृत नेपाली शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्धाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । वशिष्ठ ऋषिकै कुलमा जन्मेका कौडिन्य ऋषिले आफ्नै नामबाट कौडिण्य गोत्रको आरम्भ गरे । कौडिन्य ऋषि गोत्र प्रवर्तक हुन् । कौडिण्य गोत्रका कौडिण्य, वशिष्ठ र मैत्रावरुण गरी तिन प्रवर छन्, यसरि कौडिण्य त्रिप्रवर हुन् ।

द्वापर युगी, महर्षि कौडिन्य कुलमा धेरैकाल अर्थात् कम्तीमा चार हजार वर्षपछि भट्ट उपाधि प्राप्त ब्राह्मण वंश देखियो । नैमिषारण्य क्षेत्रका सच्चिदानन्द र सदानन्द नाम गरेका यी भट्ट ब्राह्मणले सिञ्जाली राजा रणकेशरबाट आचार्य उपाधि प्राप्त गरे । सदानन्द आचार्यबाट जन्मेका ५ विद्वान् छोराहरुमध्ये राम आचार्यका साँहिला छोरा नरहरिले अछामको सापिखोला गाउँ बिर्ता पाए, यिनका सन्तानले पछी रुकुमको सर्पकोट (सापकोट) हुदैँ बाग्लुङको ज्यामरुककोटमा आई बसेपछि सापकोटा थर लेख्न थालेको पाईयो । यसरि नरहरि सापकोटा नै सापकोटाका आदि पुरुष भएको सबैतिरबाट पुष्टि भएको छ ।

वंशावलीको सारसंक्षेप...

  • नरहरिका सन्तानले पछी रुकुमको सर्पकोट (सापकोट) हुदैँ बाग्लुङको ज्यामरुककोटमा आई बसेपछि सापकोटा थर लेख्न थालेको पाईयो
  • रुकुमको सर्पकोटमा कौडीन्य गोत्रीय आचार्यहरुको प्रभावपूर्ण उपस्थिति पाइयो ।
  • नरहरिका छोरा क्षेत्रपालले दैलेखमा सर्पदंशबाट पीडित जनतालाई मुक्ति दिलाई राज्य सम्हालेका थिए
  • क्षेत्रपालका छोरा धनञ्जय बाग्लुड्डको ज्यामरुककोटतिर बसाइँ सरेको पाइयो भने वि.सं. १३०० तिर गोरखामा सापकोटाहरुको बसाइँ सराइ भएको पाइयो । अहिले मुलुकभर ५८ जिल्लामा सापकोटाको उपस्थिति भएको पत्ता लागेको छ
  • पुस्ता गणना गर्दा हाल ३८ पुस्ता जति पाइएकोले मूलपुरुष नरहरि ९०० वर्ष अगाडिको हुनुपर्दछ

वंशावलीको पुस्तक अध्ययन तथा सुझावहरुको लागि सम्पर्क

सापकोटा कल्याण केन्द्र नेपाल
कौडिन्य ऋषि आश्रम, देवघाटधाम, तनहूँ
फोनः ०५६-६९१५७६

सम्पर्क कार्यालय:
सापकोटा कल्याण केन्द्र नेपाल
भरतपुर महानगरपालिका - १०, मालिका मन्दिर, हाकिम चोक, चितवन
फोन: ०५६- ६२१४३०, फ्याक्स: ०५६-५३०५३२, अध्यक्ष: ९८५५०६५३१४
इमेल : info@sapkotakalyankendra.org, bansawali.org@gmail.com
वंशावलीको फेसबुक: https://facebook.com/bansawali

चितवन

राजेन्द्र प्र. सापकोटा
९८५५०६५३१४

कौडिन्य ऋषि आश्रम

रेम प्र. सापकोटा
९८४४७७६५३८

झापा

प्रवेशकुमार सापकोटा
९८४२६२२४०३

बिराटनगर

सुनिल सापकोटा
९८४२०२६२३३

हेटौंडा

खेमराज सापकोटा
९८५५०६८२५८

काठमाडौं - बालाजु

पद्मनाथ सापकोटा
९८५१०८९४१४

काठमाडौं - बबरमहल

बिमल सापकोटा
९८५१०९२३८०

बनेपा

खड्क प्र. सापकोटा
९८१३५९२०९२

पोखरा

बुद्दिसागर सापकोटा
९८५६०२०२५८

बाग्लुङ

टिकाराम सापकोटा
९८४७६२४५२८

बुटवल

प्रितम सापकोटा
९८५७०३३४७५

झारगैरा

शसि सापकोटा
९८५७०२९११८

दाङ्ग

केशब सापकोटा
९८५७८२०५५१

सुर्खेत

भूपेन्द्र सापकोटा
९८४८०६८६६५

कैलाली

गणेश ( गजाधर) सापकोटा
९८५८४२१९६९

सम्पर्क

Contact us for more information or donations.
सापकोटा कल्याण केन्द्र नेपाल
कौडिन्य ऋषि आश्रम,
देवघाटधाम, तनहूँ
फोनः ०५६-६९१५७६

सम्पर्क कार्यालय:
भरतपुर महानगरपालिका - १०
मालिका मन्दिर, हाकिम चोक, चितवन
फोन: ०५६- ६२१४३०
फ्याक्स: ०५६-५३०५३२
अध्यक्ष: ९८५५०६५३१४
इमेल : info@sapkotakalyankendra.org

फेसबुकमा फलो गर्नुहोस्

Follow Us on Facebook
संस्थाका कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको ताजा जानकारी हाम्रो फेसबुक पेज मार्फत जानकारी गर्ने गरि व्यवस्था गरिएको हुनाले सम्पूर्ण सापकोटा बन्धुहरुलाई हामीसंग फेसबुकमा जोडिन आग्रह गर्दछौं ।